काठमाडौं । आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक हेमराज ढकाल नेपाल उद्योग परिसंघको उपाध्यक्षमा चयन भएका छन् ।परिसंघको १८ औं वार्षिक साधारणसभाबाट ढकाल सर्बसम्मत उपाध्यक्ष पदमा चयन भएका हुन् । परिसंघमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ता गरी सात जना चयन भएका छन् ।
साधारणसभाले यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरिसकेको छ ।परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी प्रतिस्पर्धामा छन् ।
FACEBOOK COMMENTS