काठमाडौं । सीजी मोटर्सले हिरो मोटोकर्पको आधिकारिक बिक्रेता पाएसँगै आजबाट दुई पांग्रे सवारीसाधनको व्यापार सुरु गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमकाबीच हिरो ब्रान्डका नेपालमै एसेम्बलिङ युनिट स्थापना गरी त्यहीँ एसेम्बल्ड गरिएको चार वटा मोडल सार्वजनिक गरेर बिक्रिवितरण सुरु गरेको हो ।
नेपालमै एसेम्बल्ड गरिएको हिरो माटोकर्पको चार विश्वव्यापी लोकप्रिय उत्पादनहरु एक्सपल्स २०० ४ भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटर आजदेखि बजारमा ल्याएको हो ।
अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फेसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिनेछ ।
यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ ।
बिक्रेता सीजी मोटर्सका अनुसार स्प्लेन्डर प्लस (डीआरएससीसीआर) को २ लाख ६ हजार ९०० रुपैयाँ, सुपर स्प्लेन्डर (डीआरएससीसीआर) को मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ, एक्सपल्स २०० ४ भीको मूल्य ४ लाख ५० हजार र जुम स्कुटरको मूल्य २ लाख ४९ हजारदेखि २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS