काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ ।
नक्सालस्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राईलाई नियुक्त ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो । सीजी मोटर्सको यो रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य राखेको छ ।
सीजी मोटर्सले गायक सुशान्त केसीलाई ‘हिरो एक्सपल्स’ मोटरसाइकल, नेपाली चलचित्र उद्योगकी अतिलोकप्रिय तथा प्रभावशाली अभिनेत्री सुरक्षा पन्तलाई ‘हिरो जूम’ स्कुटर र सर्वाधिक लोकप्रिय अभिनेतामध्येका एक दयाहाङ राईलाई ‘हिरो स्प्लेन्डर’ मोटरसाइकल सिरिजकाको एम्बेस्डर नियुक्त गरेको छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नाका साथै नवलपरासीको सीजी इन्डष्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार यूनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ।

हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेको कम्पनीले जनाएको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्राण्डमध्येको एक हिरोले नयाँ बेञ्चमार्कहरू समेत कायम गर्दै आएको छ ।



सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस तथा जूम विक्री हुँदै आइरहेका छन् । साथै, सीजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको पनि कम्पनीले जानकारी दिएको छ ।
यसबाहेक, सीजी मोटर्सले बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको बताएको छ ।
सीजी मोटोकोर्प र सीजी नेक्स्टजेनले गर्याे जिम्नी रारा एडभेञ्चर (फोटो फिचर)