काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।
रो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो ।
माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरू उपलब्ध गराउने लिमिटेडका अध्यक्ष अभिक ज्योतिले जानकारी दिनुभयो ।
यसमा टर्न–बाइ–टर्न नेभिगेसन भएकाले सवारी चलाएर अगाडी बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्नेछ । रातो र नीलो रंगमा स्कुटर आउने उहाँले बताउनुभयो । नयाँ फिचरसहितको यसप्रकारको स्कुटरलाई युवा वर्गका उपभोक्ताले रुचाउने कम्पनीको अपेक्षा छ ।
माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको बताइएको छ । यसमा आई थ्रि एस स्टार्ट स्टप सिस्टमले इनधन बचत गर्न मद्दत गर्ने तथा बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी माएस्ट्रो एज ११० बि एस फोर अनुरुपको ११० सीसी इन्जिनद्वारा सञ्चालित रहेको र ७५०० आरपीएममा ८ बीएचपीको ऊर्जा प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS