काठमाडौं । नेपालमा हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम) ले बीएस छैटौं संस्करणका तीन वटा मोटरसाइकल तथा स्कुटरको विक्रीवितरण शुरु गरेको छ ।
आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै कम्पनीले ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभीका विक्रीवितरण शुरू गरेको हो । यी मोटरसाइकलले उत्कृष्ट पर्फमेन्स, स्पोर्टिनेस र अन्य थुप्रै विशेषताहरूको अतुलनीय मीश्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।
एनजीएमका अनुसार नेपालमा एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार रुपैयाँ, ग्लामर एक्सटेकको मूल्य २ लाख ७६ हजार रुपैयाँ र म्यास्ट्रो एज १२५ को मूल्य २ लाख ६६ हजार रुपैयाँ कायम गरिएको छ ।
नयाँ बीएस–छैठौं संस्करणको शुभारम्भको साथसाथै कम्पनीले भोलि सोमबारदेखि नेपालमा आफ्ना अटोप्रेमीहरूलाई शिक्षित तुल्याउन तथा सहभागी बनाउन चारदिने प्रवर्द्धनात्मक कार्यक्रमको पनि घोषणा गरेको छ । त्यस्तै कम्पनीले चैत २१ र २२ गते, हिरो मोटोकर्पले लोमन्थाङ ट्रेल्समा नेपालमा पहिलो पटक आफ्नो फ्ल्यागशीप एक्सट्र्याक्स कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।
उक्त ४ दिने मेगा इभेन्टमा अन्य थुप्रै रोमाञ्चक योजनाहरू जस्तै भक्तपुरको सल्लाघारीमा भोलि र पर्सि हिरो मोटोकर्पद्वारा घोषणा गरिएको एक्सचेञ्ज क्याम्पअन्तर्गत भर्खरै बजार प्रवेश गरेको बीएस–छैठौं श्रृङ्खलामा रोमाञ्चक सवारी साधन साटफेरको अफरहरूका साथै ग्राहकहरूको सवारी अनुभव र प्रतिक्रियाका लागि ‘राइड एक्सपेरियन्स सेन्टर’ स्थापना गर्ने घोषणा पनि गरेको छ ।
हिरो मोटोकर्पले चैत १८ गतेदेखि लागू हुने गरी नेपालका ग्राहकहरूलाई लक्षित गरी नयाँ वर्षको विशेष अफर पनि घोषणा गरिसकेको छ । हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७५ डिलरहरू, ८७ सर्भिस सेन्टरहरू र ९० भन्दा बढी स्पेयर पार्टसका विक्री केन्द्रहरूसहित २५२ वटा भन्दा बढी टच–प्वाइन्टहरूमार्फत ग्राहकलाई सोव प्रदान गर्दै आएको छ ।
एनजीएमले नेपालमा हिरो मोटोकर्पका उत्पादनहरू एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्लामर, एक्सट्रिम २०० आर, प्लेजर प्लस, म्यास्ट्रो एज डेस्टिनी १२५, एक्सपल्स २०० टी, ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ तथा फ्लागशीप एक्सपल्स २०० फोरभीको विक्रीवितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS