काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो । त्यसको विरुद्धमा हिसान अदालत गएको हो । हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर गरिएको कार्यक्रममा महानगरले अनावश्यक रूपमा रोक लगाएको बताए। मेला स्थगित हुँदा आफूहरूको ३० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ ।
महाननगरबाट पूर्व स्वीकृति नलिएको तथा नतिजा नआउँदै भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले रोक लगाएको थियो । हिसानले महानगर र शिक्षा मन्त्रालय दुवैलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।
FACEBOOK COMMENTS