काठमाडौँ । हेटौंडाको बजार क्षेत्रको सडक विस्तार गर्नेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रास्वपाकी पूर्व सांसद विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त अवधिसम्म सडक विस्तारको कार्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाले आजसम्मको समय दिदै सडक विस्तार गर्ने सूचना जारी गरेको थियो । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि मंसिर २६ गते बोलाएको छ ।
हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो ।
FACEBOOK COMMENTS