काठमाडाैं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७ दशमलव ८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेद्वारा प्रवर्द्धित परियोजना हो ।
यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिदबिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ। यस परियोजनाबाट वार्षिक ४४ दशमलव ४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
FACEBOOK COMMENTS