काठमाडौं । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कमपनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS