काठमाडाैं । हिल्टन होटलले नयाँ लगानीकर्ता नभित्र्याएको बताएको छ।
आज एक सुचना जारी गर्दै होटलले आफ्ना पुराना संस्थापकहरू परिवर्तन नभएको जनाएको हो ।
आधिकारिक रुपमा पुष्टि नभएपनि सामाजिक संजालमा कतिपय प्रयोगकर्ताले हिल्टन होटल देउवापुत्र जयवीरले किनेको दाबी गरेका थिए ।
हामीले अहिले कुनै नयाँ लगानीकर्ता भित्र्याएका पनि छैनौ, होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने।
होटलले यस्तो दुष्प्रचार विरूद्ध प्रचलित कानुन अनुसार कानुनी प्रक्रिया अपनाइने समेत उल्लेख गरेको छ।
होटल हालै सर्वसाधारणमा सेयर जारी गर्ने उद्देश्यले पब्लिक कम्पनीमा रूपान्तरण भएको छ।
काठमाडौंको नक्सालमा रहेको हिल्टन होटल एक वर्षअघि मात्र संचालनमा आएको थियो । हिल्टन राजधानीकै महंगो र आलीशान पाँचतारे होटल मध्येको एक हो ।
FACEBOOK COMMENTS