काठमाडौं ।नेपालको निर्जीवन बीमा क्षेत्र प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचईआई) ले आ.व. २०८१/८२ मा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको छ।
तीव्र परिवर्तनशील बजार वातावरण र वित्तीय दबाबका बीच कम्पनीले सञ्चालन दक्षता, ग्राहक सन्तुष्टि र दूरदर्शी रणनीतिमार्फत आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।
असार मसान्तसम्म कम्पनीले कुल रु ४.०३ अर्ब बीमा प्रिमियम आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोहोरो अंकले वृद्धि भएको देखिन्छ। यस्तो उपलब्धि ग्राहकको विश्वास, कर्मचारीको निरन्तर मिहिनेत, र कम्पनीको सञ्चालन पारदर्शिताको प्रतिफल हो भन्ने धारणा कम्पनीले व्यक्त गरेको छ। यस अवधिमा कम्पनीले कुल १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्दै दाबी फछ्र्यौट प्रक्रियामा चुस्तता प्रदर्शन गरेको छ। प्राकृतिक प्रकोपलगायतका घटनाबाट प्रभावित ग्राहकको क्षतिपूर्ति शीघ्र रूपमा उपलब्ध गराउने कार्यमा कम्पनी अग्रसर रहेको जनाएको छ।
वार्षिक उपलब्धिको अवसरमा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भिडियो सन्देशमार्फत कम्पनीको सफलताले सम्पूर्ण टिमलाई नयाँ ऊर्जा, आशा र आत्मविश्वास प्रदान गरेको बताउँदै यसलाई नयाँ उचाइमा पुर्याउने आधार बनाइने बताउनुभयो। उहाँले कम्पनीले ग्राहक सन्तुष्टि र सम्बन्ध सुदृढीकरणमा निरन्तरता दिँदै डिजिटल प्रविधिमा आधारित सेवा विस्तार तथा प्राविधिक आधुनिकीकरणलाई प्राथमिकता दिने जानकारी दिनुभयो।

वित्तीय चुनौती, सञ्चालन खर्चमा वृद्धि, र दाबी भुक्तानीको चापबीच पनि कम्पनीले आफ्नो वित्तीय अनुशासन कायम राख्दै प्रति शेयर आम्दानीमा निरन्तर सुधार गरेको छ। शेयरधनीहरुलाई स्थिर प्रतिफल दिने क्षमतामा कम्पनी विश्वस्त देखिन्छ। यसैबीच, बीमाको पहुँचलाई तल्लो तहसम्म विस्तार गर्दै कम्पनीले ग्राहकमैत्री सेवा प्रवाहमा आफूलाई थप समर्पित बनाउँदै लगेको जनाएको छ।


हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बढ्दो प्रतिस्पर्धा र अनिश्चितता बीच पनि दूरदर्शी रणनीति र अनुशासित कार्यान्वयनमार्फत नेपालको निर्जीवन बीमा क्षेत्रमा आफूलाई अग्रणी स्थानमा स्थापित गर्न सफल भएको छ। कम्पनीले आगामी दिनमा वित्तीय सबलता, प्रविधिमा आधारित सेवा विस्तार र ग्राहकप्रति समर्पणको भावनासहित अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।

FACEBOOK COMMENTS