काठमाडौं । हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा आफ्नो विमानको ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न पाउने भएको छ ।
सर्वोच्च अदालतले यससम्बन्धी मुद्दामा सरकारलाई परामादेश जारी गरेको हो ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले हिमालय एयरलाइन्सको पक्षमा फैसला गरेको हो ।
हिमालय एयरलाइन्स प्रा.लि र विजयबहादुर श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन विमानस्थल कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए ।
ग्राउन्ड ह्यान्डलिङ तथा भूमिस्थ सेवा सञ्चालन निर्देशिकाअनुसार हप्तामा ३५ नियमित उडान गर्ने कम्पनी आफैँले ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ ।
तर हिमालय एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङको उपकरण खरिद गरे पनि नदिएको भन्दै मुद्दा दायर गरेको थियो ।
हिमालय एयरलाइन्सले २०७९ फागुन ४ गते प्राधिकरणविरुद्ध मुद्दा दायर गरेको थियो । १३ पटक पेसी तारेखपछि बारम्बार हेर्न नभ्याइने भन्दै पन्छाइएको मुद्दाको फैसला भएको छ ।
FACEBOOK COMMENTS