काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको पुस मसान्तको तुलनामा ०.९८ प्रतिशत बढेको छ ।
गत आवको सोही अवधिको बैंकको नाफा १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक छ ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ४८ करोड रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ १७६ रुपैयाँ ११ पैसा छ ।
FACEBOOK COMMENTS