काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा हिमालयन बैंकको नाफामा उच्च गिरावट देखिएको छ । आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म बैंकले ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७४.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ८.०८ प्रतिशतले थोरै हो । गत वर्ष यसको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २२ अर्ब ८३ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा झरेको छ । गत वर्ष प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९९ पैसा रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।
FACEBOOK COMMENTS