काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आजको असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड ६६ लाख ९० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख ९२ हजार रहेको छ ।
असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ३५ करोड ९९लाख ६६ हजार रुपैयाँ रहेको छ ।
३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
६.९८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS