काठमाडौं । हिमालयन बैंकले भोलि मंगलबार कोशी प्रदेशमा तीनवटा मात्रै शाखा कार्यालय सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा दिएका कारण सीमित शाखा सीमित समयसम्म मात्रै सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विराटनगर, बिर्तामोड र इटहरी शाखा कार्यालय भोलि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ । ती शाखाबाट नगद/चेक जम्मा र भुक्तानी, ईसीसी/आरटीजीएस र विप्रेषण सेवा उपलब्ध गराइने पनि बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS