काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेको छ।
अवधि समाप्त भएसँगै यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेञ्ज नेप्से लाई अनुरोध गरेको छ।
बैंकका अनुसार सात वर्ष अवधिको उक्त डिबेन्चरमा वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको थियो। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले जारी गरिएको डिबेन्चरको कुल संख्या २५ लाख ६९ हजार १०४ कित्ता रहेको छ।
यसअनुसार डिबेन्चरको कुल अंकित रकम २ अर्ब ५६ करोड ९१ लाख ४ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकका अनुसार उक्त डिबेन्चरको अवधि आगामी भदौ ८ गते समाप्त हुँदैछ।
अवधि समाप्त हुन लागेसँगै बैंकले नेप्सेमा सूचिकृत उक्त डिबेन्चरको सूचिकरण खारेजीका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।