काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।
यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ११.११% बोनस सेयर र ८% नगद गरी कुल १९.११% लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS