काठमाडौं । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा सम्मानित भएको छ ।
अमेरिकन एक्सप्रेस,जेसीबी,मास्टरकार्ड, युनियन पे एवं भिषा स्वीकार गर्ने हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्वेरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड प्रिपेड २०२३ पुरस्कार प्राप्त गरेको छ ।
भिषाद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र नेपालका लागि भिषाका प्रतिनिधि वासु सौम्य लगायतको उपस्थितमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरे ।
बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गरेको छ ।
FACEBOOK COMMENTS