![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । हिमालयन बैंकले त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका-११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ ।
बैंकले असार २ गतेदेखि थापाथली शाखाबाटै सेवा दिएको हो ।
बैंकका कर्मचारीहरुको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त शाखाको उद्घाटन गरेका थिए । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका-१ मेन रोड नारायणगढबाट सेवा दिन थालेको छ ।
असार २ गतेदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा संचालनमा ल्याएको हो । हाल बैंकले नेपालभर फैलिएका १७४ शाखाबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS