काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
साथै उक्त कम्पनीले उक्त घटना प्रति गहिरो दु:ख व्यक्त गरेको छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।