काठमाडौं । हिमालयन डिस्टिलरी कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । पुस १२ गतेसम्म कायम रहने सेयरधनी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनछन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिंदैछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने जनाएको छ ।
FACEBOOK COMMENTS