काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको नाफाबाट सभामा गत वर्षको नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछन् ।
साथै, सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS