काठमाडौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इन्स्योरेन्स एसिया सिंगापुरले हिमालयन एभरेष्टलाई दुईवटा पुरस्कार दिएको हो ।
२०२३ जुलाई २९ मा सिंगापुरमा आयोजित समारोहमा इन्स्योरेन्स इन्क्लुजन इनिसिएटीभ अफ दि इएर नेपाल न्यू इन्स्योरेन्स प्रडक्ट अफ दि इएर नेपाल नामक दुईवटा सम्मानद्वारा कम्पनी समानित भएको हो ।
समारोहमा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्तरूपमा ग्रहण गरेका हुन् । बीमा व्यवसायलाई समय सापेक्ष प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउँदै लैजाने इन्स्योरेन्सको प्रयासलाई पहिचान गरी सम्मानित गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले यस्ता पुरस्कार प्राप्तीले नेपाली बीमा क्षेत्रलाई थप उचाई पुराउने बताए । “उक्त अवार्डबाट हामी उत्साहित भएका छौ” शाहले भने, “आउदा दिनहरुमा कम्पनीलाई अझ प्रविधि मैत्री र आधुनिकरण गर्दै लैजान प्रेरणा मिलेको छ ।”
FACEBOOK COMMENTS