काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैङ्कर लिमिटेड नयाँ बानेश्वर काठमाडौं नियुक्त भएको छ ।
कम्पनीको सञ्चालक समितिले हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यका लागि हिमालयन इन्भेष्टमेन्ट बैङ्करलाई सो जिम्मेवारीमा नियुक्त गरेको हो ।
बलेफी हाइड्रोपावरको सञ्चालक समितिको दरबारमार्ग काठमाडौंमा रजिष्ट्रर्ड कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच शेयर रजिष्ट्रार परिर्वतनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
FACEBOOK COMMENTS