काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले देशका सात वटै प्रदेशका विभिन्न कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । साथै, वार्षिकोत्सवका अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका विद्यार्थीहरूलाई खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ ।
कम्पनीले कोशी प्रदेश अन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर वृद्धाआश्रमलाई निर्माण सामग्री, बिर्तामोडस्थित नमस्ते बाल तथा वृद्धा आश्रमका बालबालिकाहरूलाई शैक्षिक सामग्री र वृद्धवृद्धाहरूका लागि खाद्यान्न वितरण गरेको छ ।
कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुरस्थित राम जानकी वृद्धा आश्रम, बर्दिबासस्थित भुवनेश्वरी बृद्धा आश्रम र वीरगञ्जस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी, बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनर्स्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बागलुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङको बेंशीसहरस्थित लमजुङ बिद्यालयका ४० जना बिद्यार्थीहरूलाई स्टेशनरी वितरण, पोखरास्थित वर्ल्डएज होममा खाद्यान्न वितरण गरेको छ ।
यसैगरी, लुम्बिनी प्रदेश अन्तर्गत बुटवलस्थित अपाङ्ग आश्रममा खाद्यान्न वितरण, नेपालगञ्ज, पाल्पा र घोराहीस्थित निलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुस्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत टिकापुरस्थित साहारा घर, डडेल्धुरास्थित उग्रतारा संस्कृत विद्यालय, झलारीस्थित विद्यालयमा र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्न तथा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको आज मंगलबार १६ वर्ष पूरा भएको छ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।
FACEBOOK COMMENTS