काठमाडौं । हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालको भावी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । नाडालाई सबैको साझा संस्थाका रुपमा विकास गर्ने योजनाका साथ आफूले नाडाको अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको थापाले बताएका छन् ।
आगामी भदौ अन्तिम साता हुने नाडाको केन्द्रीय अधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको युवा व्यवसायी थापाको भनाइ छ । नाडाको बर्तमान कार्यसमितिमा रहेर काम गरिरहेका थापाले यसअघिको दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
साथै नाडाको बर्तमान कार्यसमितिमा विद्युतीय सवारीसाधन समितिको सभापतिसमेत रहेका थापा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अफ नेपाल (वाडा)का पूर्वअध्यक्षसमेत हुन् ।
आफूले संस्थाको नेतृत्व गर्न पाएको खण्डमा नाडाको विगतको सुनौलो इतिहास फर्काउने उनको दृढ सङ्कल्प छ । ‘विगतको इतिहासमा नाडाको जुन गरिमा र जुन उचाई थियो त्यसलाई पुनः सोही स्थानमा फर्काउने छु,’ उनले भने, ‘संस्थाको विद्यमान विधान संशोधन गरेर नाडामा हाल रहेका विभिन्न प्रकारका विकृतिविसंगति हटाउने मेरो प्रमुख लक्ष्य हुने छ ।’
अहिले नाडामा केही सीमित कम्पनीहरुले मात्र कब्जा जमाएर बसेको आरोप लगाउँदै उनले उनीहरुले चाहेका व्यक्ति मात्रै वा एक–दुई टर्ममा ब्याक टू ब्याक आफू मात्र नेतृत्वमा आउने गरी नाडालाई प्रालि जस्तो बनाइएकोमा दुःख व्यक्त गरेका छन् । ‘मैले यो विद्यमान परिपाटीमा परिवर्तन ल्याउँदै जोसुकै सक्षम अटोमोबाइल व्यवसायी नेतृत्वमा आउन सक्ने वातावरण तयार पार्ने छु,’ उनले भने ।
क्षमतावान युवा तथा प्रेरणादायी व्यवसायी थापाले कर्पोरेट बिजनेश अवार्ड समेत प्राप्त गरेका छन् ।
यस्ता छन् थापाका प्रतिबद्धताहरू ?
यदि साथीहरूले मलाई अध्यक्षमा विजयी गराउनु भयो भने बिगत इतिहासमामा नाडाको जुन गरिमा, जुन उचाई थियो त्यसलाई पुन सोही स्थानमा पुर्याउने छु भने बिधान संशोधन गरेर नाडामा हाल रहेका विकृतीबिसंगती हटाउने मेरो लक्ष्य हुने छ । साथ साथै ‘नाडालाई सबै अटो व्यवसायीको साझा संस्था’ बनाइने छ । सबै अटोमोबाइल व्यवसायीले मेरो संस्था हो भन्ने बातावरण तयार पारिने छ । अहिले नाडा केही सीमित कम्पनीहरुले मात्र कब्जा जमाएर बसेका छ्न् । उनीहरुले चाहेका व्यक्ति मात्रै वा एक–दुई टर्ममा ब्याक टू ब्याक आफू मात्र नेतृत्वमा आउने गरी नाडालाई प्रालि जस्तो बनाइएको छ । मैले यो परिपाटीमा परिवर्तन ल्याउँदै जोसुकै सक्षम अटोमोबाइल व्यवसायी नेतृत्वमा आउनसक्ने बातावरण तयार पार्ने छु ।
यदि म अध्यक्ष भएँ भने निम्न कार्यहरु गरिने छ्न्–
अध्यक्ष हुनका लागि कम्तीमा दुई टर्म पदाधिकारी हुनैपर्ने व्यवस्था ल्याइने छ ।
नाडालाई राष्ट्रियस्तरको संस्थाको रुपमा मान्ने हो भने आफू अन्तर्गतका प्रादेशिक क्षेत्रबाट अर्थात् बहिरी जिल्लाबाट आउने सक्षम व्यक्तिहरु पनि नेतृत्वमा आउन सक्ने वातावरण बनाउने छु ।
प्रादेशिक संरचनालाई अझै मजबुत बनाउँदै प्रदेशसँग छ्लफल गरेर अघाडि बढ्ने छु ।
नाडाभित्रका आयातकर्ता र स्पेयर पार्ट्स व्यवसायीहरूको बीचमा हाल बढ्दै गएको दूरीलार्इ समन्वयात्मक भूमिका निर्वाह गर्दै सबैको नाडा सबैको साझा संस्थाको रुपमा विकास गरिने छ ।
नाडामा अहिले एक प्रकारको सिन्डीकेट चलेको छ । यो पछि यो अध्यक्ष भन्दै १० वर्षका लागि अहिले नै अध्यक्ष फिक्स गरिएको छ । पहिले नै प्रीन्स अर्थात् राजकुमार नियुक्त गर्ने प्रथाजस्तो हालको प्रथा हटाएर सक्षम जोसुकै अटोमोबाइल व्यवसायी नेतृत्वमा आउन सक्ने वातावरण बनाउने छु ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS