काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले कात्तिक २१ गतेदेखि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । विदेमा रहेका नेपालीका लागि ३० लाख कित्ता सेयर निष्कासन हुनेछ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरले सेयर निष्कासन गर्न लागेको हो ।
आईपीओमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS