काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको सेयर स्थगन भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि सेयर निष्कासन गर्न लागेको थियो । त्यो स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीेओमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ ।
तिहारको बिदा परेका कारण धेरै बिदा हुने भन्दै लगानीकर्ताको सहजताका लागि आईपीओ निष्कासन स्थगत गरेको जनाएको छ । कम्पनीले ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS