काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको संचालकमा तीन जना नियुक्ति भएका छन् । गत फागुन २० गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले तीन जना संचालक नियुक्ति गरेको हो ।
संचालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फ रिक्त संचालकमा रोहित गुप्ता बाँकी कार्यकालका लागि नियुक्ति भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट भने राजिव मोर र शुभेच्छा खरेललाई ४ वर्षका लागि संचालक पदमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS