काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन् ।
उनले कामु सीईओ बनेको एक सातामै राजीनामा दिएका हुन् ।
असार २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हिमालयन रिइन्स्योरेन्सको कायममुकायम सीईओमा कपुरलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।