काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रूपन्देहीको कञ्चन गाउँपालिका-४, थकाली चोकस्थित शाखाले चट्याङबाट संस्थाकी सदस्यकाे परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
मृतकका परिवारलाई १० लाख २५ हजार रूपैयाँ बराबरको बीमा रकम हस्तान्तरण गरेको हो ।
संस्थाले मंगलबार मृतककै घरमा एक कार्यक्रम आयोजना गरी संस्थाकी सदस्य ज्ञानमती थारूको चट्याङबाट मृत्यु भएपछि पाउनुपर्ने बीमा रकम उनका श्रीमान अमिरिका थारूलाई हस्तान्तरण गरेको हो ।
संस्थाले १ लाख ७१ ह्जार ७८८ रूपैयाँ कट्टा गरी ८ लाख ५३ हजार २१२ रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बीमा रकम संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी र गैडहवा गाउपालिका-१ का वडा अध्यक्ष प्रदीपकुमार चौधरीले हस्तान्तरण गरेका हुन् ।
बीमा रकम हस्तान्तरण कार्यक्रममा उक्त गाउँका करिब २० जना सदस्य, वडा अध्यक्ष साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी, विजय चौधरी थारू र वीरेन्द्र यादवको उपस्थिति थियोे ।
FACEBOOK COMMENTS