काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ८ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनी ऐन,
२०६३ को दफा १११ बमोजिम एमबी श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो समयमा नै हासिल गरेको उपलब्धीका बारेमा जानकारी दिनुका साथै कम्पनीले सुशासन, आधुनिक प्रविधिको अनुशरणमा जोड दिई

सर्वसुलभ रुपमा धितोपत्र सेवा उपलब्ध गराई उक्त क्षेत्रमा नेपालको एक नेतृत्वदायी भुमिका निभाउने मुख्य लक्ष्य रहेको समेत जानकारी दिएको छ ।
