![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । हिमालयन बैंकको खुद नाफा २४.९६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ अर्ब ७३ करोड रुपैयाँ भएको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ४८ करोड ६७ लाख रुपैयाँ रहेको थियो । तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ५२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.४३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ९९ करोड रुपैयाँमा सीमित थियो ।
बैंकको खुद ब्याज आम्दानी ९३.१३ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो । बैंकले २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँको बैंकको रिजर्भको आकार भने १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ४७ करोड रुपैयाँ थियो । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ४।५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.९९ प्रतिशतमा सीमित थियो ।
खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि ३०८.८३ प्रतिशतले बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ६० करोड ५ लाख रुपैयाँमा सीमित थियो । बैंकको ईपीएस बढेर १५.०४ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १४.३१ रुपैयाँ थियो। पीई रेसियो १५.३६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.१४ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS