काठमाडौं । हिमानी ट्रष्टले नारायणहिटी दरबारभित्र गर्ने भनिएको दीप प्रज्ज्वलनको ठाउँ परिवर्तन भएको छ ।
नारायणहिटी क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेका कारण ठाउँ परिवर्तन गरिएको हिमानी ट्रष्टले जनाएको छ ।
ट्रष्टले आज आइतबार साँझ फेसबुकमा लेख्दै भनेको छ, ‘दिवङ्गत राज परिवारका सदस्यहरुलाई श्रद्धासुमन चढाउन राष्ट्रिय सरोकार मञ्चको आयोजनामा हुन लागेको दीप प्रज्वलनको कार्यक्रम स्थल नारायणहिटी आसपासका क्षेत्रमा गृहमन्त्रालयको निषेधाज्ञाको घोषणा भएकोले नारायणहिटी गेट, श्री चतुर्ब्यूह नारायण धाम मन्दिर परिसरमा गर्ने अनुमति नभएकाले विदाको समयमा व्यवस्थापन गरेर कमलादी गणेश स्थानमा हुन लागेको जानकारी गराउँदछौँ । दीप प्रज्ज्वलनको समय जेठ १९ साझ ६ः३० बजे कायमै रहने छ ।’
यो पनि पढ्नुहोस्–
नारायणहिटीभित्र दीप प्रज्वलन गर्दै हिमानी ट्रस्ट
FACEBOOK COMMENTS