![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।
शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।
उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।
बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ । अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ ।
चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।
FACEBOOK COMMENTS