काठमाडौं । विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रस्टको संयुक्त आयोजनामा हिन्दु संस्कृति पुनस्थापना दिवस मनाउने भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा माघ ८ गते हिन्दु संस्कृति पुनस्थापना दिवस मनाउन लागेको हो । विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले हिन्दु संस्कृति राष्ट्रको गहना भएको बताएका छन् ।
उनले भने, ‘विश्वका हरेक देशले हिन्दु धर्म अंगाली रहेको छ । यो हाम्रो देशको अमुल्य संस्कृति हो । यो राष्ट्रको गहना हो । हिन्दु धर्म अंगालने देश अघि बढेको छ । हाम्रो छिमेकी राष्ट्र भारतमा माघ ८ गते राम मन्दिरको स्थापना हुँदैछ । यसै दिनलाई साँच्चि राख्दै हामीले नेपाल हिन्दु राष्ट्र यसलाई जगेर्ना गर्नुपर्छ । नेपालमा जन्मेको संस्कृति हो ।’
गुप्ताले हिन्दु संस्कृति अमर संस्कृतिरहेको बताए । उनले थपे, हामीले हाम्रो संस्कृतिको रक्षा गर्न जरुरी छ । यसको लागि सम्पूर्ण नेपाली एक जुट हुन आवश्यक छ ।’ कार्यक्रम माघ ८ गते साँझ ५ः३० मा सञ्चालन हुने आयोजकले बताएको छ ।
FACEBOOK COMMENTS