प्रदीपमान प्रधान
अध्यक्ष तथा कार्यकारी दिर्नेशक, हिट्को प्रालि
नेपालमा विशेषगरी वर्कशप निर्माणका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै आएको हिट्को प्रालिले १७औँ संस्करणको ‘नाडा अटो शो, २०८२’ लाई कसरी सदुपयोग गरिरहेको छ ?
वि.स. ३०३२ सालमा स्थापना गरिएको हिट्को प्रालिले ५० वर्षदेखि निरन्तररूपमा औद्योगिक, सुरक्षा र सुरक्षासम्बन्धी विभिन्न उपकरणहरू आयात तथा बिक्री गर्दै आइरहेको छ । हामीले खासगरी अटोमोटिभ, उत्पादन, निर्माण र व्यावसायिक क्षेत्रमा काम गर्दै आएका छौँ । हिट्कोले वर्कशप निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण इक्वेपमेन्ट उपलब्ध गराउँदै आएको छ । नेपालको करिब ८० प्रतिशत वर्कशपमा हिट्कोले नै इक्वेपमेन्ट सप्लाइ गर्दै आएको छ । त्यसकारण विभिन्न ब्राण्डका गाडी बिक्रेताहरू र हिट्कोबीच अन्योन्याश्रित सम्बन्ध स्थापित छ । त्यही सम्बन्धलाई थप मजबुत बनाउन हामी यो ‘नाडा अटो शो’मा सहभागी छौँ । ग्राहकसँगको सम्बन्धलाई थप मजबुत पार्दै आफ्नो व्यवसाय प्रवर्द्धनका लागि हामी यहाँ सहभागी छौँ । यसअघि सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पोमा पनि हामी सहभागी थियौँ ।
नाइमा एक्स्पो र नाडा अटो शोमा प्रदर्शन गर्नुहुने इक्वेपमेन्टमा पनि फरक छ ?
त्यस्तो फरक भन्ने त हुँदैन, तर प्रस्तुतिको शैलीहरू परिवर्तन हुन सक्दछन् । हामीले नाडामा सहभागिता जनाएको यो पहिलो होइन । जतिपटक अटो शो आयोजना भएको छ त्यतिनै पटक हामी सहभागी हुँदै आएका छौँ । बीचमा ईभी पनि एकपटक प्रदर्शन गरिएको थियो । अहिले हाम्रो मुख्य फोकस नै ईभीमा भएको छ, त्यसैले यसपटक नाडा अटो शोमा हामीले ईभीका उपकरणहरू डिस्प्ले गरेका छौँ । ईभीका लागि धेरै प्रकारका इक्वेपमेन्टहरू आवश्यक पर्छन् । केही केही आईसीई गाडीकोसँग मिले भने धेरैजसो फरक नै हुन्छन् । तर, ब्याट्री, चार्जिङ सिस्टमका पाट्र्सहरू भने अलग्गै ल्याउनुपर्ने अवस्था छ । चार्जिङ सिस्टम त हामी ल्याइरहेका छैनौं, तर ईभीसम्बन्धी वर्कसपका लागि आवश्यक सम्पूर्ण इकुपमेन्टहरू ल्याउँदैछौंँ । यसपटकको प्रदर्शनीमार्फत ईभीमा चासो राख्ने सबैलाई प्राविधिक जानकारी दिनका लागि हामी पुन: ईभीमै फोकस गरेर सहभागी भएका छौँ ।
कुन–कुन ब्राण्डका गाडी वा मोटरसाइकलको वर्कशप निर्माण तथा सामग्रीहरू आपूर्ति गर्दै आउनुभएको छ ?
मैले अगाडि पनि भनेँ नि वर्कशपलाई चाहिने ७०–८० प्रतिशत इक्वेपमेन्ट हामीले सप्लाइ गर्दै आएका छौँ । यस आधारमा आमीले नछोएको कुनै ब्राण्ड छ जस्तो लाग्दैन । नेपालमा चल्दै आएका इन्टरनल कम्बुस्टन इन्जिन (आईसीई) गाडीको वर्कशपमा आवश्यक पर्ने सम्पूर्ण सामग्री आपूर्ति गर्दै आएका हामीले पछिल्लो समय नेपाल भित्रिएका अधिकांश इलेक्ट्रिक भेहिकल (ईभी)को वर्कशपमा आवश्यक इक्वेपमेन्ट समेत आयात तथा बिक्री गरिरहेका छौँ । अर्थात् नेपालमा चलिरहेका अधिकांश गाडी तथा मोटरसाइकलको वर्कशपमा हामीले सामान सप्लाइ गरिरहेका छौँ । हामीले ईएलजीआईका साथै एपीएल (अग्नि प्रोटेक्सन), जेईटी टेक, एटीएस ईएलजीआई र क्यास फायरलगायत ब्राण्डका दर्जनौँ प्रडक्ट हामीले नेपाल ल्याएका छौं । बीवाईडी, ज्याको, ओमोडा, हाइगरलगायत धेरै गाडीहरूको वर्कशप हामीले लास्ट टाइम निर्माण गरेका छौँ भने महिन्द्राकोमा काम भइरहेको छ । यस्तै, प्रोटोन र टेस्लाको पनि कुरा भइरहेको छ ।
भनेपछि तपाइँहरूलाई काम त भ्याइ नभ्याइ पो रहेछ ?
हो, हिट्को निकै व्यस्त छ । अहिले नेपालमा ईभीको बजार बढेसँगै हामीलाई कामको खुबै चाप बढेको छ । पछिल्लो समय पनि तीन/चारवटा वर्कशपमा काम भइरहेको छ ।
वर्कशपहरूलाई चाहिने ती सामानहरू तपाइँहले कहाँ–कहाँबाट आयात गर्नुहुन्छ ?
हामीले ४० वर्षदेखि भारतको ईएलजीआई ब्राण्डका सामानहरू आयात गेर बिक्री वितरण गरिरहेका छौँ । जुन कम्पनी भारतका अधिकांश गाडी निर्माता कम्पनीहरूमा आवश्यक पर्ने वर्कशपका सामानहरू आपूर्ति गर्दै आएको छ । कम्प्रेसर मेशिन पनि भारतबाटै आयात गरेका छौँ । ईभीमा आगो लाग्ने सम्भावना बढी भएकाले आगो निभाउने (फायर सेफ्टी) विशेष खालको उपकरण पनि हामीले नेपाल ल्याएर बिक्री वितरण गरिरहेका छौँ । रेगुलर चल्ने भन्दा हाम्रोमा फरक र नयाँ हुन्छ । हामीसँग चार्जिङ स्टेशन पनि छ । हामीसँग आईसीई र ईभीका लागि बजारमा आवश्यक पर्ने सम्पूर्ण वर्कशप सामग्रीहरू छन् । ईभी वा आईसीईका गाडी होस्, बस होस्, मोटरसाइकल होस् सबैलाई काम लाग्ने सामानहरू हामीसँग छन् ।
फायर सेफ्टीको प्रयोग र गुणस्तरबारे बेही बताइदिनुहोस् न ?
मैले अगाडि भनिसकेँ, हामी प्रतिष्ठिट कम्पनीको उत्पादन, विश्वासिलो र भरपर्दो तवरबाट बिक्रीवितरण गर्छौँ । भनेपछि फायर मेसिनमा शङ्का गर्नुपर्छ भन्ने लाग्दैन । पूरा गुणरस्तरको छ ।
सामान सप्लाइबाहेक हिट्कोले दिने अरु सेवाहरू के–के हुन् ?
हामी सामान सप्लाइ मात्रै गर्दैनौँ । जसले वर्कशप निर्माणको योजना बनाउनुहुन्छ उहाँले हामीकहाँ आएर समन्वय गर्नुभयो भने फिल्ड हेर उपयुक्त वा अनुपयुक्त के हो हेरिदिने, हामीले प्राप्त गरेको अनुभव साझा गर्ने, आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउनेलगायत थुप्रै सेवा उपलब्ध गराउँदै आएका छौँ ।
यो पनि पढ्नुहोस्–
नाडा अटो शोबारे करण चौधरी र चन्द्र ढकालदेखि प्रधानमन्त्रीसम्मले के भने ?
FACEBOOK COMMENTS