काठमाडौं । यस वर्षको नाडा अटो शोमा उत्कृष्ट स्टल अवार्ड हिट्को पाएको छ ।
नेपालमा वर्कशप निर्माणका लागि आवस्यक पर्ने सामाग्री उपलब्ध गराउदै आएको हिट्को प्रालिले कम्पोनेन्ट्स श्रेणीमा उत्कृष्ट स्टल अवार्ड प्राप्त गरेको हो । कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक प्रदीपमान प्रधानले अवार्ड ग्रहण गरेका थिए ।
वि.सं ३०३२ सालमा स्थापना भएको हिट्को प्रालि, ५० वर्षदेखि नेपालमा औद्योगिक, सुरक्षा र सुरक्षासम्बन्धी उपकरणहरूको आयात र बिक्री गर्दै आएको छ।
कम्पनीले विशेषगरी अटोमोटिभ, उत्पादन, निर्माण र व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
हिट्को प्रालिले वर्कशप निर्माणका लागि आवश्यक सम्पूर्ण इक्विपमेन्टहरू उपलब्ध गराउँदै आएको छ र यसले नेपालका लगभग ८० प्रतिशत वर्कशपलाई इन्भेन्ट्री सप्लाइ गर्ने गरेको छ ।
यसको परिणामस्वरूप, विभिन्न गाडी बिक्रेताहरू र हिट्को प्रालि बीच एक स्थिर र अन्योन्याश्रित व्यापारिक सम्बन्ध स्थापना भएको छ।
यसको आगामी कदममा, हिट्को प्रालिले नाडा अटो शोमा भाग लिदै आएको हिट्कोले यस वर्ष उत्कृष्ट स्टल अवार्ड प्राप्त गर्न सफल भयो ।
।
यसअघि, हिट्कोले नाइमा मोबिलिटी एक्स्पोमा पनि आफ्नो उपस्थिति जनाएको थियो । जसमा कम्पनीले आफ्नो सेवा र उत्पादनहरूको प्रदर्शन गरेको थियो ।
हिट्को प्रालिको यस्तो सहभागिता नेपालका अटोमोटिभ उद्योगका लागि एक महत्वपूर्ण कदम बनेको छ । जसले व्यवसायिक सम्बन्धहरूको सुदृढीकरण र ग्राहकसँगको विश्वास बढाउने लक्ष्य राख्दछ।
त्यसैगरि नाडा अटो शोमा २०२५ बाट टू–ह्वीलर श्रेणीमा अल्फा अटोमोटिभ प्रा.लि. र रोयल इन्फिल्डले अवार्ड प्राप्त गर्याे भने फोर–ह्वीलर श्रेणीमा वृद्धि प्रालिले यस वर्षको श्रेष्ठ उत्कष्ट अवार्ड प्राप्त गर्याे ।
नाडा अटो शो २०२५ को समापन समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गरेका कम्पनीलाई सम्मानित गरेका हुन् ।
१७औं संकरणको नाडा अटो शो प्रधानमन्त्री श्री केपी शर्मा ओलीले उत्घाटन गरेका थिए । नाडा अटो शो २०२५ मा १ लाख ७६ हजार ७ सय ८९ दर्शकहरुले अबलोकन गरेका छन् ।
FACEBOOK COMMENTS