काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पेसीमा तोकिएको छ ।
शाक्यको रिटमा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् ।
यसअघि गत कात्तिक २१ गते शाक्यको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
शाक्यले यसअघि दिएको दुई वटा रिट र कुलमान घिसिङको रिट लगाउमा राखेर सुनुवाइ गर्दै छ ।

FACEBOOK COMMENTS