काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइकिङ गरेपछि धमा-धम होडिङ बोर्डकाे विज्ञापन बन्द गर्न थालिएको छ ।
महानगरको माइकिङ पछि त्रिपुरेश्वरस्थित वल्ड ट्रेड टावर र टंगालस्थित भाटभटेनीको होडिङ बोर्ड बन्द गरिएको छ ।
महानगरपालिकाको माइकिङपछि भाटभटेनीले बत्तीको तार काटेर होडिङ बोर्डको विज्ञापन बन्द गरेको हो ।
अवैध रुपमा सञ्चालनमा रहेका होडिङ बोर्डहरु बन्द गराउने अभियान अन्तर्गत भाटभटेनीको होडिङ बोर्ड पनि बन्द गराइएको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS