काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आइतबार सार्बजनिक बिदा दिइएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै भदौ १ गते आइतबार नगरपालिकाका अधिकांश वडाहरुमा श्रीकृष्ण–जात्रा मनाईने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरुमा अत्यावश्यक सेवा वाहेक सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
सुचनामा भनिएको छ, ‘यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको मिति २०८२–०४–२७ गतेको बैठकको निर्णयानुसार यही मिति २०८२–०५–०१ गते चन्द्रागिरि नगरपालिकाका अधिकांश वडाहरुमा श्रीकृष्ण–जात्रा मनाईने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका निकाय एवं विद्यालयहरुमा अत्यावश्यक सेवा वाहेक सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
FACEBOOK COMMENTS