काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउस र कर्पोरेट बिजनेश म्यागजिन तथा कर्पोरेट खबर डटकमले सामूहिक रुपमा होली पर्व मनाएको छ ।
काठमाडौंको चाबहिलस्थित कर्पोरेट खबरको केन्द्रीय कार्यालय तथा फेसियल हाउसको कर्पोरेट कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी होली मनाइएको हो ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीको प्रमुख आतिथ्यतामा आयोजित होली कार्यक्रममा कर्पोरेट खबरका अध्यक्ष तथा प्रधान सम्पादक उज्वलजंग शाह, फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा, अधिवक्ता आकृति रायमाझीको विशेष सहभागिता थियो ।
राजनीतिक विश्लेषक रायमाझीले होलिका दहन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए भने कर्पोरेट खबर र फेसियल हाउसका काठमाडौं उपत्यका केन्द्रित कर्मचारीहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।
होली रङ्गिन पर्व हो । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाइएको छ भने भोलि नेपालको तराइ क्षेत्रमा मनाइँदै छ ।
किन मनाइन्छ होली ?
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा बताउँछन् ।
हेरौँ फेसियल हाउस र कर्पोरेट खबरको होली विशेष तस्बिरहरू–
होलीसम्बन्धी यी समाचार सामग्रीहरू पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS