काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदका लागि ऋणको सीमा बढाएको छ ।
आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै घर किन्न दिइने कर्जाको अधिकतम सीमा तीन करोड पुर्याएको हो । यसअघि दुई करोड थियो ।
यो नीतिसँगै अब बैंकहरूले घरजग्गा खरिदमा मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण दिन सक्नेछन् । यसअघि घरजग्गाको मूल्याङ्कनमा ५० प्रतिशत मात्र ऋण दिने व्यवस्था थियो ।
FACEBOOK COMMENTS