काठमाडौं । आइतबार ७२ जना यात्रु सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेर सबै जनाको मृत्यु भएपछि सरकारले आज शोक बिदा दिएको छ ।
आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदले आज देशभर शोक बिदा दिने निर्णय गरेको हो ।
आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गर्र्द बिदा दिएको बताए ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान करिब ११ बजे पोखरास्थित सेती नदी खोँचमा खसेको थियो ।
FACEBOOK COMMENTS