गृहमन्त्रीले पदीय दुरुपयोग गरे : प्रदेश अध्यक्ष उदय
कर्पोरट खबर
7:40 pm, शनिबार, कात्तिक १२, २०७९
काठमाडौँ । बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पदको दुरुपयोग गर्दै निर्वाचनमा होमिएको बताएका छन् ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रचार प्रसार कार्यालय वडा नम्बर १२ को भैरहवामा उद्घाटन कार्यक्रममा बोल्दै उनले गृहमन्त्री आफैँ प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार भएर चरमरुपमा पदीय दुरुपयोग गरेको बताए । चुनाव प्रचारका लागि सादा पोसाकका दर्जन भन्दा बढी प्रहरी परिचालन गर्नु, उनीहरूको स्रोत साधन प्रयोग गर्नु पदीय दुरुपयोग हो ।
उम्मेदवार हुँदा अन्य उम्मेदवार जस्तै सेवा सुविधा लिनुपर्छ । उदयले भने, ‘आफैँ उम्मेदवार भएपछि सरकारी सेवालाई दुरुपयोग गरेर जनतालाई दुःख दिन मिल्दैन ।’
सत्तारुढ गठबन्धनको सरकारले व्यापारीलाई निरन्तर दुःख दिएको, व्यापारी सामु बैङ्कको ब्याजदर घटाइदिने आश्वासन दिएको तर नीतिगतरुपमा ब्याजदर बढाउँदै गएको आरोप लगाए । नेता उदयले गृहमन्त्री खाँणले स्थानीयसँग मत माग्ने बाहानमा गौतम बुद्ध विमानस्थलमा जागिर लगाइदिने आश्वासन दिएर भोट मागेको तर भएको अन्तर्राष्ट्रिय उडानमा कटौती गरेको बताए ।
आफ्नो नाम नबताउने सर्तमा एक जना प्रहरी भन्छन्, सारै दुःख भयो बिहानैदेखि गृहमन्त्रीको सुरक्षा भन्दै माथिबाट खटिनका लागि आदेश आउँछ । कहिले सिभिलमा कहिले बर्दिमा दिनरात खटिन परेको उनले बताए ।
विकासलाई भौतिक र सामाजिक दुवै किसिमले अगाडी बढाउने राप्रपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहराले क्षेत्रको विकासका लागि एडिबी, कृषि, विमानस्थलको स्तर वृद्धि,विशेष आर्थिक क्षेत्र सेज, सिँचाइ,शिक्षामा विभिन्न कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेका केही काम निरन्तरता दिनेमा प्रयासरत रहेको बताए ।
हामीले गरेका प्रयास र दीर्घकालीन योजनालाई थप व्यवस्थित गर्ने गरी हामीले आफ्ना योजना अगाडी सार्ने उनले बताए ।
FACEBOOK COMMENTS