काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएर छलफल गरिरहेका छन् ।
छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी छन् ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री गुरुङले महानिरीक्षकलाई बोलाएका हुन् ।
छलफलमा महानिरीक्षकहरुको साथै उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसहित अन्य अधिकारीहरु पनि छलफलमा रहेको बताइएको छ । ओली र लेखक पक्राउ परेपछि आज दिनभर एमाले विरोधमा उत्रिएको थियो ।
एमालेले सरकारले प्रतिशोध साँधेको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै सडकमा निस्किएको छ । एमाले सडकमा निस्किएपछि उत्पन्न परिस्थितिको आंकलन गर्न उक्त छलफल केन्द्रीत रहेको पनि गृह स्रोतको भनाइ छ ।

FACEBOOK COMMENTS