काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् ।
गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी अहिले मोटरको सहयोगमा निकालिँदैछ ।
आज दिउसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
गएराति परेको वर्षाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाअधिवेशन स्थल जलमग्न भएको छ ।
पानी जमेपछि मोटरको सहायताले पानी तान्ने कार्य भइरहेको छ । रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ ।

महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् ।

भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाले जनाएकाे छ ।

