काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्याले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको बताएका छन् ।
भदौ २४ गते बालकोटस्थित जलाइएको निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सिमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन ।
सरकारले मलाई केही गर्दैछ भन्ने गम्भीर आशंका मसँग छ ।”ओलीले जेनजीलाई सरकारले नै बोलाएर दबाब दिन लगाएको पनि आरोप लगाए ।
“जेनजी भनिएकालाई बोलाएर दबाब देऊ भनेर भनेका छन् । सिकाएर पठाउनुहुन्छ । उहाँहरु निवेदन देऊ, जाहेरी देऊ भनेर सिकाएर पठाउनुभएको छ,” उनले भने,“आगामी दिनमा हेर्दै जाऊँ ।
यो देशमा एमाले छ । एमाले ज्युँदो पार्टी छ । भ्रष्टाचार नियन्त्रण गर्छ । अचानक पलाएका आफ्नो काम छाडेर अर्कोतिर रमाएकासँग एमालेले सम्झौता गर्दैन ।”
FACEBOOK COMMENTS