काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।
गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि सिंहदरबार पुगेका हुन् । योगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई जानकारी गराइसकेका थिए ।
उनले बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् । जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
FACEBOOK COMMENTS